दफा ६
बीमा गरिएका वस्तुहरु बुझाउन नसकिएमा गर्ने
हुलाकद्वारा चलान भै आएको कुनै बीमागरिएको हुलाक वस्तुलाई कुनै कारणबाट ठेगानावालालाई बुझाउन नसकिएमा सो वस्तुलाई
तोकिएको अवधिसम्म हुलाक अड्डामा राखिनेछ र सो अवधिसम्ममा पनि ठेगानावालालाईबुझाउन नसकिने भएमा जुन हुलाक अड्डाबाट बीमा र हुलाक दाखिल भै सो वस्तु चलान भैआएको हो सोही हुलाक अड्डा मार्फत प्रेषकलाई बिना दस्तूर फिर्ता पठाइनेछ । त्यस्तो कुनै
हुलाक वस्तु प्रेषकलाई फिर्ता गर्न पठाएकोमा कुनै कारणबाट सो वस्तु प्रेषकलाई पनि फिर्ताबुझाउन नसकिने भएमा हुलाक डाइरेक्टर कहाँ पठाइनेछ ।